कोभिड–१९ विरुद्ध खोप बनाउने चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारमा कारबाही

कोभिड–१९ विरुद्ध खोप बनाउने चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारमा कारबाही


एजेन्सी ।

कोभिड–१९संक्रमणको महामारीका बेला प्रतिरोधात्मक खोपको विकास गर्ने पहिलो चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारको आरोप लागेको छ। उनले सन् २०२० मा खोप बनाएका थिए । तर, भ्रष्टाचारको आरोपमा मुछिएपछि उनलाई चीनको संसद ९जनकंग्रेस० बाट बर्खास्त गरिएको छ।

चाइना नेशनल बायोटेक ग्रुप ९सीएनबीजी०, चाइना नेशनल फर्मास्युटिकल ग्रुपको सहायक कम्पनीका अध्यक्ष याङ सियाओमिङलाई भ्रष्टाचार र कानुन उल्लंघनको आरोप लगाइएको छ । जसका कारण उनको राष्ट्रिय जनकंग्रेस ९एनपीसी० को सदस्यता खारेज गरिएको छ।

एनपीसीले विज्ञप्ति जारी गर्दै याङमाथि पार्टीको अनुशासन समितिले पहिले नै अनुसन्धान गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

६२ वर्षीय याङ सियाओमिङ एक अनुभवी अनुसन्धानकर्ता हुन्। उनले चीनको पहिलो कोरोनाभाइरस खोप, बीबीआइबीपी खोप विकास गर्ने टोलीको नेतृत्व गरेका थिए । पछि यो खोपले सामान्य प्रयोग स्वीकृत पाएको थियो।

कोरोना भाइरसको पहिलो केस मार्च २०२० मा चीनको वुहान सहरमा देखिएको थियो र पछि विश्वभर फैलिएको थियो । त्यसपछि यो रोगका कारण विश्वभर धेरै मानिसको मृत्यु भएको थियो।

यसअघि याङलाई कोरोना महामारीसँग लड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि गरिएको थियो । त्यसपछि, उनलाई विज्ञान र चिकित्सा क्षेत्रमा चिनियाँ वैज्ञानिकहरूलाई दिइने ‘लेउङ हो ली’ फाउन्डेसन पुरस्कार पनि प्रदान गरिएको थियो।

उनीमाथि भएको कारबाहीले संसारभरका स्वास्थ्य अनुसन्धानकर्ता स्तब्ध छन्। विगत केही वर्षदेखि चिनियाँ राष्ट्रपति सी चीनफिङले देशभर भ्रष्टाचार विरोधी अभियान चलाइरहेका छन्। यसैबीच याङको बर्खास्तीलाई चीनको स्वास्थ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो कारबाही मानिएको छ।

सरकारी अधिकारीहरुले यो कारबाहीको उद्देश्य स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारलाई जरैदेखि उखेल्ने हो भनेका छन्। अनुसन्धानका क्रममा चीनका धेरै अस्पतालका प्रमुखहरूलाई हिरासतमा राखिएको छ। यसबाहेक सिनोफार्मका अर्का पूर्व वरिष्ठ अधिकारी झोउ बिनलाई पनि अनुसन्धानको दायरामा राखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।