जयनगर–कुर्था रेलको उद्घाटन शनिबार हुने

जयनगर–कुर्था रेलको उद्घाटन शनिबार हुने


काठमाडौं, १५ चैत । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भएको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट यही १९ गते शनिबार उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।
तीनदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा शुक्रबार प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
जगजयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले रेलसम्बन्धी अध्यादेश ल्याएपछि उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले जानकारी दिनुभयो । यसअघि दोस्रो अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन पनि खडा भएको थियो ।
गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन ९यात्रुबिहीन० रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । ड्राई रनको सफलता पश्चात रेल सेवा उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले बताउनुभयो ।