उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए अनुमति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए अनुमति


कामठाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिज्ञप्ति मार्फत जानकारी दिएका हुन्।