अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौं : सभापति देउवा

अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौं : सभापति देउवा


काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्। उनले राजा फर्काउने कुरा गर्नेभन्दा हालको व्यवस्थालाई सुदृद पार्नु पर्नेमा जोड दिए।

आइतबार काठमाडौंमा स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गर्नुपर्ने बताए।

‘नेपालमा गणतन्त्र आएको छ। यद्यपि राजा फर्काउनु पर्यो भनेर मान्छेहरु लागेका छन्। अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ। व्यवस्थामा समस्याहरु र कमीकमजोरीहरु छन् भनेपनि सुधार गर्ने ठाउँहरु छन्। यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ। तर,अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैंले। किनकी यसका लागि दुई तिहाई चाहिन्छ,’देउवाले भने।

उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर सरकारको नेतृत्व गरिरहेको र त्यो राम्रो भएको भन्दै उनले थपे, अहिलेको सरकारमा को छ र छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदली यव्यवस्थालाई सुदृणीकरण गनुपर्ने आवश्यकता छ।’

कार्यक्रममा सभापति देउवाले स्व. थापासँग आफ्नो भेट जेलमा भएको स्मरण गर्दै बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।