डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो, अष्ट्रेलियन डलर कति ?

डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो, अष्ट्रेलियन डलर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा कायम रहेको छ।

त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ। मंगलबार एक यूरोको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा तोकिएको थियो।

बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा पुगेको छ। मंगलबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा कायम थियो। सोमबार देखिनै पाउण्ड लगातार बढ्दै आएको छ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसाले कारोबार भइरहेको छ।