यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ । बुधबार डलर एकको १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको थियो। त्यस्तै, यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा तोकेको छ। बुधबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको थियो।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ। बुधबार खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ २ पैसामा कारोबार भएको थियो।

त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। बुधबार खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसाले कारोबार भएको थियो।