न्यूजिल्याण्डमा एक नेपालीको सवारी दुर्घटनामा मृत्यु, शव नेपाल पठाउने तयारी

न्यूजिल्याण्डमा एक नेपालीको सवारी दुर्घटनामा मृत्यु, शव नेपाल पठाउने तयारी


मेलबर्न अष्ट्रेलिया । न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ। धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा परी ज्यान गएको हो।

काममा जाने क्रममा सर्वरियाको सवारी दुर्घटनामा परी ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआएएनए) न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले बताएका छन्।

उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृया भइरहेको पाण्डेको भनाइ छ। सर्वरियाको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने र उक्त आर्थिक रकम संकलनका लागि न्यूजिल्याण्डवासी नेपालीलाई अपिल समेत गरेको उनले बताए।

सर्विरयाका श्रीमति र एक छोरा र एक छोरी छन्।