विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल आज

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल आज


काठमाडौँ ।

नेपाल (ए) क्रिकेट टिमले आज आयरल्याण्ड (ए)सँग पहिलो टी–२० सिरिज खेल्दै छ। खेल दिउँसो एक बजे टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने छ। नेपाल (ए)ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड उल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड (ए)सँग दुई टी–२० खेल खेलेको थियो। जसमा दुवै खेल नेपालले जितेको थियो।

टी–२० सिरिज खेल्ने नेपाली (ए) टिमः
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।