मुगुमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु ४ घाइते

मुगुमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु ४ घाइते


मुगु ।

गमगढी–सोरु लोकमार्गमा बुधबार बोलेरो गाडी दुर्घटना २ को मृत्युु भएको छ भने ४ जना घाइते भएका छन्। सोरु गाउपालिका केन्द्र सोरुकोटतर्फ जादै गरेको बोलेरो कच्यागाउँनजिकै सडकबाट करिब सय मिटर तल खस्दा चालक कविराज नेपाली र कुसुम नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो सोरु–६ कक्छेगाउँनजिक चार मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए। मृत्यु हुनेमा छन्। घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हिरादिङ नेपाली र प्रेम नेपाली छन् ।घाइतेमध्ये मन्जनेको गम्भीर छ।

सामान्य घाइते प्रेम नेपाली बाहेकका अन्यलाई उपचारार्थ मुगु जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।