एडिलेडमा पहिलो नेपाली सहितका डिजाइनरहरुको फेसन शो हुदै, नायिका स्वस्तिमा खड्का आउदै

एडिलेडमा पहिलो नेपाली सहितका डिजाइनरहरुको फेसन शो हुदै, नायिका स्वस्तिमा खड्का आउदै


एडिलेड । इन्दिरा ग्रुपको आयोजनामा नेपाली सहितका फेसन डिजाइनरहरुको फेसन शो ` द बुटिक´ मे २० मा एडिलेडमा हुने भएको छ ।

शोमा नेपाली चलचित्र कि नायीका तथा मोडल स्वस्तिमा खड्काले फेसनका बारेमा आफ्ना अनुभव सहित मोडलहरुलाई प्रशिक्षित गर्नुहुने इन्दिरा ग्रुपका संस्थापक रुद्र उपाध्यायले बताउनुभयो । यसै गरि अन्तराष्ट्रिय रुपमै ख्याति कमाएका डिजाइनर युबी थापाले शोमा आफ्नो कलेक्सन प्रस्तुति गर्नु हुनेभएको छ ।

एडिलेडमा नेपाली समुदायबाट भएको पहिलो फेसन शोमा दुई नेपाली सहित चार डिजाइनरहरुको फेसनलाई २५ जना मोडलहरुले रैंपमा प्रस्तुत गर्ने आयोजक उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार फेसन प्रदर्शनीमा नृत्य संगीतलगायत मनोरञ्जन पनि हुने र भिआइपी र जनरल गरी दुई श्रेणीका पाहुना रहनेछन् । उहाले द बुटिक नेपाली समुदायको पहिलो मेगा फेसन शो हुनुका साथै एडिलेडको नेपाली समुदायले आयोजना गरेको सबैभन्दा ठूलो प्रदर्शनी हुने र विभिन्न जातजाति, संस्कृतिका मोडलहरू भएकाले प्रदर्शनीमा नेपालको विविधता पनि देख्न पाईने बताउनु भयो । गत आइतवार एडिलेडमा आयोजित एक कार्यक्रम विच शोको टिकट सार्वजनिक गरिएको थियो । कार्यक्रममा मे २० मा हुने शो स्थानिय उडभिल टाउनहलमा साँझ ७ बाट हुने समेत जानकारी दिईएको थियो ।

केबिसी खबर संग कुरा गर्दै आयोजक इन्दिरा ग्रुपका संस्थापक उपाध्यायले विगतमा आफुले सिड्नीमा गरेको प्रदर्शनीको अनुभवले पनि एडिलेडमा रहेका नेपाली मोडलहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने राम्रो मौका भएको बताउनुभयो । उहाले नेपाली सहित अन्य देशका मोडलहरु पनि हुने भएकाले तौर तरिका सिक्ने देखि घोलमेल हुने अवसर पनि भएको बताउनुभयो । आफुले धेरै नेपाली प्रतिभाशाली मोडलहरु यस विचमा भेटाउन सफल भएकाले उहाहरुलागी कार्यक्रम राम्रो आधारभुमी हुनेमा उपाध्यायले विश्वास व्यक्त गर्नुभयो ।