सिड्नीमा नेपाली विद्यार्थी अनुज कुँवर एक सातादेखि बेपत्ता !

सिड्नीमा नेपाली विद्यार्थी अनुज कुँवर एक सातादेखि बेपत्ता !


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिडनीस्थित क्याम्प्सीमा बसोबास गर्दै आएका एक नेपाली विद्यार्थी गएको १६ मार्चदेखि बेपत्ता बनेका छन् । न्यूसाउथवेल्स प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ भने सर्वसाधारणबाट उनी सम्बन्धी सूचना समेत मागिएको छ । प्रहरीले सार्वजनिक गरेको सूचनामा २३ वर्षीय अनुज कुँवर गत १६ मार्च बुधबार अन्तिम पटक देखिएको र त्यसपछि कहाँ छन् के भएको छ खुल्न नसकेको जनाइएको छ ।

यदि कसैले उनलाई देखेमा तत्कालै क्याप्सी प्रहरीको फोन नम्बर ९७८४९३९९ मा फोन गर्न वा १८००३३३००० मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले दिएको सूचनामा कमेन्ट गर्दै धेरै व्यक्तिहरुले अनुजलाई सिड्नीको टाउनहल, स्कोफिल्ड, लिडकमतिर देखेको बताएका छन् । उनलाई देखेका प्रत्यक्षदर्शीहरुले नियन्त्रित स्थितिमा नरहेको पनि उल्लेख गरेका छन् । धेरैजसोले उनको सुरक्षाको विषयमा चिन्ता व्यक्त गर्दै कसैले देखेमा तत्कालै प्रहरीलाई सूचना दिन पनि आग्रह गरेका छन् ।