मार्च १५ तारिख ब्रिजेबेनमा ‘आमा सेमिनार’

मार्च १५ तारिख ब्रिजेबेनमा ‘आमा सेमिनार’


ब्रिजवेन अष्ट्रेलिया ।

मानव सेवा आश्रमको सहयोगार्थ मार्च १५ तारिख ब्रिजवेनमा ‘आमा सेमिनार’ हुने भएको छ। गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहरीकरणमा ब्रिजवेनमा आमा सेमिनार हुन लागेको हो। 

सिड्नी, न्युक्यास्टल, एडिलेड, मेलबर्न र तास्मानियामा सफलता पूर्वक सम्पन्न गरेको आमा सेमिनार मार्च १५ तारिख ब्रिजवेनमा हुन लागेको गोरखा समाज अष्ट्रेलियाका महासचिव इश्वर दाहालले जानकारी दिए। साँझ ५ बजे टिबीए ब्रिजवेनमा सुरु हुने उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको उनले बताए। ब्रिजवेन आमा सेमिनारलाई ब्राईटन कलेज र मल्टी डाइनामिक रियल स्टेटले साथ दिएका छन्। 

ब्रिजवेनमा हुने आम सेमिनारलाई सभ्य र भव्य मनाउन राजन कोइराला, सुमन अधिकारी, हेमांग शर्मा, अभिमन्यू केसी, बिपिन लामिछाने र जय अमगाइन अहोरात्र खटिरहेका छन्। कार्यक्रमका बारेमा जानकारी लिनु परेमा वा सुझाव सल्लाह दिनु परेमा माथि उल्लेखित व्यक्तित्वसँग सम्पर्क गर्न सकिने छ। 

ब्रिजेवेनमा हुने आमा सेमिनारबाट उठेको सबै पैसा मानव सेवा आश्रमलाई हस्तान्तरण गरिने भएकाले मानवता प्रेमले ओतप्रोत परोपकारी, सहयोगी सबै उदार ब्रिजवेनवासी नेपालीलाई कार्यक्रममा सहभागी भइदिन ब्राइटन कलेजका सिइओ सुमन अधिकारीले आग्रह गरेका छन्। 

गोरखा समाज अष्ट्रेलियाको पहलमा भएको मानवता प्रवर्द्धन अभियानको अष्ट्रेलिया टुरलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले सहयोग गरेको छ। यसअघि नेपाल, कतार र बेलायतमा मानव सेवा आश्रमले आमा सेमिनार एवं मानवता प्रवर्द्धनका कार्यक्रम गरिसकेको छ। 

विसं २०८२ भित्र नेपालको सडकपेटीमा कसैले पनि अनाथ, अभिभावकविहीन, बेसहारा, सहयोगापेक्षी भएर बस्न नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने दृढ सङ्कल्पलाई साकार पार्न एवं मानवता प्रवर्द्धन महाअभियानमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।