राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचत

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचत


काठमाडौँ । संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष नारायण दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहालले नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन्।

दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए।