नेपाल र नेपाली दक्षिण एसियामै सबैभन्दा बढी खुसी !

नेपाल र नेपाली दक्षिण एसियामै सबैभन्दा बढी खुसी !


काठमाडौं, ५ चैत । सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा छन् ।
१४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन । विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् ।
खुसी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रति वर्षको वार्षिक आय, स्वस्थ जीवन र मृत्युदर, सामाजिक सुरक्षा, स्वतन्त्रता, भ्रष्टाचारसम्बन्धी विभिन्न मानकलाई प्रयोग गरिएको थियो ।