यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। यूरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा रहेको छ। क्यानेडियन डलर भने एकको खरिद दर ९८ रुपैयाँ ४ पैसा र बिक्री दर ९८ रुपैयाँ ४९ कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २४ पैसा र बिक्री दर ३५ रुपैयाँ ४० पैसा कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा, यूएई दिरा एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा र बिक्री दर २८ रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।