यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ। यस्तै, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा तोक्दा बिक्री दर १६८ रुपैयाँ ६१ पैसा कायम गरेको छ।

मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा र बिक्री दर १६८ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो। आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ।