केपी ओली र माधव नेपाल जम्काभेट हुँदा यस्तोसम्म भयो !

केपी ओली र माधव नेपाल जम्काभेट हुँदा यस्तोसम्म भयो !


काठमाडौं । अनुमान गरौँ– माधव नेपालसँग केपी ओलीको अकस्मात् जम्काभेट भयो । यस्तो स्थितिमा माधवले के भन्नुहोला ? केपीले के ठान्नुहोला ?

फागुन २८ गते शनिबार बिहान यस्तै घटना भयो । त्यसदिन माधव नेपाल धादिङ र केपी ओली वीरगञ्ज जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ विशिष्ट कक्षमा पुग्नुभयो । दुबै नेता एभरेष्ट र सिम्रिकको हेलिकोप्टरबाट जाने कार्यक्रम थियो । माधव पुग्नासाथ विशिष्ट कक्षमा एमाले नेताहरू रघुवीर महासेठ र मोतिलाल दुगड छिरे । देख्नासाथ उनीहरूले नमस्कार गरे । ‘कता ?’ भनेर माधवले सोध्नुभयो, रघुवीरले ‘वीरगञ्जको मेयर प्रवेश गर्ने कार्यक्रम छ, केपी कमरेड पनि जाँदै हुनुहुन्छ’ भने । उहाँहरू गफमै हुँदा केपी ओली विशिष्ट कक्षको ढोकामा पुग्नुभयो ।

उहाँले रघुवीर र मोतिलाललाई मात्रै देख्नुभएन, माधव नेपालसँग पनि आँखा जुध्यो । माधवचाहिँ गफको सुरमा रघुवीर र मोतिलालसँग मुसुमुसु हाँसेर बोल्दै हुनुहुन्थ्यो, केपी देखिँदा पनि त्यही भावमा रहनुभयो । तर, पुलुक्क देखिनासाथ केपी हराउनुभयो । केपीले छिर्नुअघि प्रहरीसँग भित्र को–को छन् भनेर सोध्नुभएको थिएन । उहाँलाई लागेको रहेछ– रघुवीर र मोतिलालले मात्रै आफूलाई पर्खिरहेका छन् । तर, माधव नेपालसमेत देखिएपछि ड्युटीमा रहेका प्रहरीलाई सोध्नुभयो, ‘ट्वाइलेट कहाँ छ ?’ ती प्रहरीले ‘भित्रै छ हजुर’ भनेर विशिष्ट कक्षको शौचालय लैजान खोजे । तर, केपीले औँलो घुमाउँदै ‘यता पनि छ नि रु’ भनेर सर्वसाधारणले प्रयोग गर्ने शौचालय खोज्नुभयो ।

केपीले शौचालय छिर्ने ढोकामा पुगेर प्रहरीलाई भन्नुभयो, ‘त्यो रघुवीरलाई यता पठाउनुस् त!!’ रघुवीरमात्र हैन, सँगसँगै मोतिलाल पनि शौचालयको प्रवेशद्वारमा उभिएपछि केपी भित्रबाट निस्कनुभयो । फेरि प्रहरीलाई सोध्नुभयो, ‘हाम्रो तयार छ हैन रु’ अर्थात्, उहाँ जाने हेलिकोप्टरको बोर्डिङ भइसकेको थियो । प्रहरीले भने, ‘भइसक्यो, हजुर प्रस्थान गर्दा हुन्छ †’ केपीले रघुवीर र मोतिलाललाई हातले ईशारा गर्दै भन्नुभयो, ‘लु, जाऔँ–जाऔँ !!’

यसरी केपीको उडान हुनेबित्तिकै माधव नेपाल धादिङका लागि उड्नुभयो । केपी त्यही साँझ हेलिकोप्टरबाटै काठमाडौं फर्किनुभयो भने माधवचाहिँ धादिङबाट बारा, रौतहट हुँदै सोमबार साँझ बुद्ध एयरको सिमरा–काठमाडौं उडानबाट आउनुभयो । जनआस्थाबाट