काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ।
बुधबार खरिद दर १३२.३४ रुपैयाँ र बिक्री दर १३२.९४ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबारका लागि यूरो एकको खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँ रहेको छ। बुधबार युरो एकको खरिद दर १४३.६४ रुपैयाँ र बिक्री दर १४४.२९ रुपैयाँ रहेको थियो।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ पैसा रहेको छ। हिजो बेलायती पाउण्ड एकको खरिद दर १६७.८९ रुपैयाँ र बिक्री दर १६८.६५ रुपैयाँ रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ र बिक्री दर ३६.४७ प्रतिशत रहेको छ। बुधबार कतारी रियाल एकको खरिद दर ३६.२९ रुपैयाँ र बिक्री दर ३४.४६ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया