यू १९ महिला क्रिकेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाल

यू १९ महिला क्रिकेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाल


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) १९ वर्षमुनिको महिला क्रिटेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ। सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको क्यानले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ। त्यो प्रतियोगितलाई मध्यनजर गर्दै क्यानले मिसन २०२७ भनेर यू–१६ महिला अन्तर स्कूल ट्यालेन्ट हन्ट तथा प्रशिक्षणका कार्यक्रमलाई सातै प्रदेशमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, क्यानले प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले, प्राविधिक समिति संयोजक विक्रम विष्ट, विकास समिति संयोजक धिरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदीप मजगैंयालाई नियुक्त गरेको छ।

क्यानले नेपाल ‘ए’ टिमको प्रमुख प्रशिक्षकको रुपमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ।