क्यानले गर्याे भूकम्प पीडितलाई २० लाख सहयोग

क्यानले गर्याे भूकम्प पीडितलाई २० लाख सहयोग


काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ। गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।

शनिबार विहान नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसीसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो।

सोही प्रतिवद्धता अनुसार प्रधानमन्त्री निवास वालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए। चेक बुझेपछि प्रधानमन्त्री प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको घाउँमा मल्हम लगाउन सकिएको बताए।