अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गरे ‘इन्गेजमेन्ट’

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गरे ‘इन्गेजमेन्ट’


मेलबर्न अष्ट्रेलिया ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘इन्गेजमेन्ट’ गरेका छन्। बिहीबार प्रधानमन्त्री अल्बानिजले जोडी हेडेनसँग इन्गेजमेन्ट गरेका हुन्।

उनले क्यानबेराको प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा चार वर्ष पुरानो पार्टनर जोडीलाई आफूले डिजाइन गरेको विशेष औँठी लगाएर प्रस्ताव गरेका थिए। अल्बानिज आफैँले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा ‘उनले हुन्छ भनिन् भनेर फोटो राखेर न्गेजमेन्टको खबर सेयर गरेका छन्।

अल्बानिज र जोडीले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

अल्बानीज र हेडन पहिलो पटक २०२० मा मेलबर्नको एक कार्यक्रममा भेटेका थिए। अल्बानीले जितेको २०२२ को संघीय चुनावको अभियानमा उनीहरु सँगै देखा परे। अष्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार अल्बानीज पदमा रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन्।