च्याम्पियन्स लिगमा पीएसजीको जित, बार्यनको हार

च्याम्पियन्स लिगमा पीएसजीको जित, बार्यनको हार


काठमाडौं ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीले युरोपेली च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ सिक्सटीन्को पहिलो लेगमा जित निकालेको छ। आफ्नै मैदानमा पाहुना टोली जर्मन क्लब रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पीएसजीले दुवै गोल दोस्रो हाफमा निकाल्न सफल भयो। ५८ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। ७० औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए।

उनले फावियन रुइजको पासमा गोल गरेका थिए। सोही अग्रता अन्त्यसम्म जोगाउँदै पीएसजीले रियल सोसिडाडलाई २–० गोल अन्तरले पहिलो लेगमा जित निकाल्यो। दोस्रो लेग मार्च ६ तारिखमा हुने छ।

च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ। लाजियोले ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो लेगमा १–० को जित निकालेको हो। किरो इमोबिलले ६९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। दोस्रो लेग मार्च ६ तारिखमा हुने छ।