माधव नेपालसहित १४ सांसदविरुद्ध दायर रिट अब पूर्ण सुनुवाइमा

माधव नेपालसहित १४ सांसदविरुद्ध दायर रिट अब पूर्ण सुनुवाइमा


काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधानविपरीत काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीको मागसहित सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । १४ सांसदमाथिको मुद्दा अन्तरिम आदेश माग भएको थियो । अहिले सबै प्रतिवादीहरुको लिखित जवाफ पसिकेको हुनाले अन्तरिममा बोलिरहन परेन यसर्थ, पूर्ण सुनुवाइमा हुने आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताउनुभयो ।
अब यो प्रक्रिया नियमानुसार अदालतको आन्तरिक सफ्टवेयरको प्रक्रिया अनुरुप अघि बढ्नेछ । ‘साप्ताहिक सूचना र पेशीमा प्रकाशित भएपछि यसको मिति चढ्छ । कहिले, कुन बार कुन मुद्दा चढ्छ भन्ने कुराले पनि यो निर्धारण गर्ने उहाँ बताउनुहुन्छ ।