अस्ट्रेलियन डलरको भाउ निरन्तर ओरालोतिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अस्ट्रेलियन डलरको भाउ निरन्तर ओरालोतिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ २२ पैसा रहेको छ। बुधबारको तुलनामा आज अस्ट्रेलियन डलर ६२ पेसाले घटेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।