माओवादीले ४ मन्त्रीको नाम टुंगो लगायो

माओवादीले ४ मन्त्रीको नाम टुंगो लगायो


काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ ।  बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रका तर्फबाट अब देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादव सहकारमा सहभागी हुने छन् । पौडेल बागलुङबाट निर्वाचित सांसद हुनुहुन्छ भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहनुभएको छ।

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवकी छोरी हुनुहुन्छ । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी छन् । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ४ मन्त्रीको टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा आएका सबै मन्त्रीको नाम टुंगो लगाएको छ ।