पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ !

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ !


काठमाडौं, २७ फागुन । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँको दमौलीबाट आज शुक्रवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धानका लागि जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँमा गएको फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।