फस्टलुकमा ‘स्क्विड गेम सिजन २’

फस्टलुकमा ‘स्क्विड गेम सिजन २’


सोल ।

कोरियन टेलिभिजन सिरिज ‘स्क्विड गेम’ मन नपराउने विश्वमा को होलान् ? दुई वर्षअघि रिलिज भएको यो सिरिजको निरन्तरताका लागि दर्शक प्रतिक्षामा छन्। यो सिरिज पूँजीवादको लुकेको संसारमा आधारित छ, जहाँ ४ सय ६५ खेलाडीहरु बाल्यकालको खेलको श्रृङ्खलामा पैसाको लडाइँमा मृत्युको लागि हताश छन्।

यो सवैभन्दा पुरस्कृत सिरिज हो। अब यसको दोस्रो सिजन सुरु हुन लागेको छ। सिरिजका सिर्जनाकर्ता ह्वाङ डोङ–ह्युक सिजन २ लिएर नेट्फ्लिक्समा फर्किएका छन्। गी–हुनले पहिलो सिजनमा छोडेको कथाबाट सुरु हुने सिजन २ लाई हेर्न दर्शक उत्साहित छन्। गी–हुन बद्ला खोज्छ, किनकी ऊ खेलको क्रुरताबाट परिवर्तन भएको छ।

पहिलो सिजनमा गी–हुनले संसार खराब रहेको महशुस गर्छ र उसले संसारलाई फरक तरिकाले देख्छ। उसले आफ्नो जीवनबाट अगाडि बढ्ने प्रयास गर्छ र उसले जितेको नगद पुरस्कार साथीहरुको परिवारलाई दिन्छ।

नेटफ्लिक्सले अन्ततः ‘स्क्विड गेम सिजन २’को फस्टलुक सार्वजनिक गरेको छ। दोस्रो सिजनमा गी–हुनले खेलहरु कसरी शुरु भयो र यसलाई राम्रोको लागि रोक्न प्रयास गर्नेबारे जवाफ खोज्नेछन्।

नयाँ सिजनले फ्रन्टमेन, द सेल्सफेन र ह्वाङ जुन–होलाई फिर्ता ल्याउने मिसन पनि देखाउनेछ। नेटफ्लिक्सले ‘स्क्विड गेम सिजन २’को पहिलो लुक्स इन्स्टाग्रामको अफिसियल हेण्डलमा सार्वजनिक गरेको छ। पहिलो लुक्समा गी–हुनलाई सेल्समेनसँग आमनेसामने भएको देख्न सकिन्छ।

अर्की तस्वीरमा खेलका गार्डहरुमध्ये एकजनालाई देख्न सकिन्छ। नयाँ सिजनमा सेलिब्रेटी र ‘स्वीट होम’ स्टार पार्क ग्यु–यङलाई प्नि देख्न सकिन्छ। यो सिरिज सन् २०२४ को अन्त्यमा रिलिज हुनेछ।