व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ


काठमाडौँ ।

व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ। । उनी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन्।