एक्सपट एन्का सुपर लिग क्रिकेटको फाइनल आइतवार हुने

एक्सपट एन्का सुपर लिग क्रिकेटको फाइनल आइतवार हुने


एडिलेड । एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगको फाइनल खेल आगामी आइतवार एभरेस्ट स्ट्याकर र भिएक्सएल टिटान्स विच हुने भएको छ । नेप्लिज क्रिकेट एसोसियसन(एन्का)द्वारा आयोजित लिगको फाइनल खेल एडिलेडको भिक्टोरिया ओवल-२ मा स्थानिय समय अनुसार दिनको ३.३० बजेबाट हुने भएको छ ।विजयी टिमलाई रनिङ शिल्ड, अष्ट्रेलियन डलर २५०० र उप विजेतालाई अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

टि २० फम्याटमा भएको लिगको फाइनलमा पुगेको एभरेष्ट स्टाइकरको कप्तान सुनम गौतम छन् जो साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसनका ए ग्रेडका खेलाडी हुन् भने उनी हालै भएको साम्का मेट्रोपोलिटन च्याम्पियन सिपका म्यान अफ द म्याच हुन् । त्यसै गरि भिएक्सएल टिटान्सको कप्तान आशिष पोखरेल साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसनका बि ग्रेडका खेलाडी हुन । एन्का अध्यक्ष विजय जोशीले लिगले खेलाडीहरुलाई क्रिकेटको माथिल्लो तहका खेलका लागि प्रवेशको खुट्किलो हुने वताउनु भयो । फाईनल खेलमा साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन (साम्का)का रेफ्रिहरुबाट संचालन गरिने भएकाले खेलाडीहरुलाई आफ्नो व्यक्तिगत क्षमता समेत प्रदर्शन गर्ने अबसर हुने जोशीले वताउनु भयो । उहाले यस खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरु हाल सुनम गौतम ए ग्रेडमा छनौट भए जस्तै प्रिमियर क्लवहरुमा छनौट हुन सक्ने र त्यहा पनि राम्रो गरे राज्य स्तर हुदै राष्ट्रिय टिमका लागी समेत संभावनाहरु हुने वताउनुभयो ।

जोशीले फाइनल खेल स्थलमा विभिन्न खानाका स्टलहरु समेत रहने भएकाले विभिन्न गित संगितका साथमा खाना परिकार सहित खेल हेर्नका लागि सबै एडिलेसवासी नेपालीहरुलाई निमन्त्रणा गर्नु भएको छ ।