आज डलर स्थिर हुँदा बढ्यो अस्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज डलर स्थिर हुँदा बढ्यो अस्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज माघ १३ गते (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९८ पैसा रहेको छ। आज शुक्रबारको तुलनामा अस्ट्रेलियन डलरको भाउ १६ पेसाले बढेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २९पैसा र बिक्री दर १४४ रुपैयाँ ९४पैसा रहेको छ ।

शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसामा कारोबार भएको थियो । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा पुगेको छ ।

शुक्रबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४०पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।