सुपर लिगका लागि १८ खेलाडी सर्वाधिक महँगो रकममा बिक्री

सुपर लिगका लागि १८ खेलाडी सर्वाधिक महँगो रकममा बिक्री


काठमाडौं, २० फागुन । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि कुल १८ खेलाडी सर्वाधिक महँगो रकममा बिक्री भएका छन् । जसमा १० खेलाडी गोल्डेन बजरबाट महँगो रकममा गएका थिए । ’ए’ श्रेणीमा रहेका १८ खेलाडी जनही तीन लाख ५० हजार रुपैयाँमा १० वटा टिममा अनुबन्ध भएका छन्। कुल दुई सय ४९ खेलाडीमा बोली लाग्दा ’ए’ श्रेणीमा ४० खेलाडी थिए ।
आशिष गुरुङ काठमाण्डौ रेजर्समा, दीप कार्की विराटनगर सिटी एफसी, त्रिदेभ गुरुङ–चितवन एफसी, मानबहादुर तामाङ–वीरगञ्ज युनाइटेड, सिमान्त थापा–धनगढी एफसी, सुनिल बल काठमाण्डौ रेजर्स, दिनेश राजवंशी–पोखरा थन्डर्स, सेसेहाङ आङदाम्बे–झापा एफसी, छिरिङ गुरुङ–पोखरा थन्डर्स, सनिस श्रेष्ठ–ललितपुर सिटी एफसी, निसान्त खड्का–झापा एफसी, गौतम श्रेष्ठ–स्पोर्टिङ इलाम, दर्शन गुरुङ–लुम्बिनी बुटवलमा अनुबन्ध भएका छन् ।
यस्तै पुजन उपरकोटी–धनगढी एफसी, एरिक विष्ट–पोखरा थन्डर्स, आकाश बुढामगर–धनगढी एफसी, सुमन अर्याल–लुम्बिनी बुटवल, विशाल सुनार–ललितपुर सिटी एफसीमा अनुबन्ध भएका हुन् । यी खेलाडी सबैभन्दा महँगो रकममा बिक्री भएका खेलाडी हुन् । यी सबैजना तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका हुन् ।