नेपाल सुपर लिगको अक्सन रोक्न एन्फाको पत्र

नेपाल सुपर लिगको अक्सन रोक्न एन्फाको पत्र


काठमाडौं, १९ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलिका लागि तय भएको नेपाल सुपर लिग (एनएसएल) को अक्सन रोक्न आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
एन्फाले बिहीबार क्लबहरुसंगको छलफलपछि तत्कालका लागि अक्सन रोक्न आयोजकलाई पत्र पठाउँदै आग्रह गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । ‘क्लबहरुको पत्र पाएपछि हामीले एनएसएल आयोजकसंग छलफल ग¥यौं । उहाँहरु पनि सबै कुरामा खुला हुनुहुन्छ । अनि क्लबहरुसंग पनि छलफल ग¥यौं । क्लबको छलफलपछि अक्सन रोक्न माग भयो र आयोजकलाई रोक्न पत्र पठाएका छौँ’ तुलाधरले भने ।
एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका सीईओ सुदीप शर्माले भने सबै तयारी भइसकेकाले अक्सन नरोकिने बताए ।