इन्धनको मूल्यमा भारी वृद्धि, कति पुग्यो भाउ ?

इन्धनको मूल्यमा भारी वृद्धि, कति पुग्यो भाउ ?


काठमाडौं, १९ फागुन । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको हो । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ । नयाँ मूल्य सूचि अनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएको छ भने डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले लगातार भाउ बढाउँदै आएको छ ।