आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’ को विमोचन

आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’ को विमोचन


काठमाडौं ।

वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन गरिएको छ। शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एबम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य, प्रा.डा.जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रमका बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन सकिन्छ भन्ने बारेमा आफ्नो धारणा राखेका थिए। आत्मकथा ‘मेरो सपना’ पुस्तकमा शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र आउने भावी पुस्ताले पनि नेपालको वास्तुकला (आर्किटेक)लाई कसरी बिश्वमाझ चिनाउन र बचाइराख्न सक्छन भन्ने कुरालाई समेटेका छन्।

शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा उद्योगपति, नेतागण, इञ्जिनियर, डाक्टर ,नेपाल सरकारका पूर्व सचिवहरुको उपस्थिति थियो। शाहले जीवनको महत्वपूर्ण ५० बर्ष अर्किटेक इन्जिनियरमा बिताएका छन्। नेपालमा त्रिभुवन विश्व विद्यालयबाट बिज्ञान बिषयमा विएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री गरेका शाहले नेदरल्याण्डबाट अर्किटेक्चरमा स्नाकोत्तर गरेका थिए।

सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालिन राजा विरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गरेका थिए भने एघारौ सार्क सम्मेलनमा खेलेको भूमिका बापत भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्।

समा प्रिन्टर्सबाट प्रिन्टिङ ८० पृष्ठको आत्मकथा ‘मेरो सपना’ पुस्तक हाललाई इस्छुक पाठक माझ निशुल्क वितरण गरिएको छ। किताबको सहलेखन डा. शृस्टी शाहले गरेकी हुन्।