अष्ट्रेलियाका बाढीपीडितको सहयोग गर्न एनआरएनले थाल्यो गोफन्ड अभियान !

अष्ट्रेलियाका बाढीपीडितको सहयोग गर्न एनआरएनले थाल्यो गोफन्ड अभियान !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा हालैको घनघोर वर्षा र यसले निम्त्याएको बाढी, डुबानबाट पीडितको सहयोगका लागि एनआरएन अष्ट्रेलियाले सहयोग संकलन अभियान सुरु गरेको छ । संस्थाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार गोफन्डमी मार्फत २० हजार डलर सहयोग संकलन गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।

यस अभियानमा संकलित रकमबाट अत्यावश्यक रहेका ठाउँमा खाना तथा दैनिक उपभोग्य सामग्री वितरण गरिनेछ भने बाढी र डुबानपछि गर्नुपर्ने सरसफाईमा समेत हात बढाइनेछ । यस्तै समूदायस्तरमा बाढी, डुबानकै कारण आइपर्ने समस्याहरुलाई समेत ध्यान दिएर यो अभियान सञ्चालन गरिएको हो ।

तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ । Click Here >>

यसका साथै एनआरएन अष्ट्रेलियाको निम्न खातामा सोझै पनि सहयोग जम्मा गर्न सकिनेछ ।

NRNA Australia Disaster Relief Fund

BSB: 032006 Account: 595128.

१० हजार डलर संस्थाको डिजाष्टर फन्डबाट सहयोग गर्ने र बाँकी २० हजार डलर गोफन्डमार्फत सहयोग गर्ने तयारी गरिएको प्रवक्ता उमेश खड्काले जानकारी दिएका छन् । एनआरएन अष्ट्रेलियाले यसअघि डढेलो पीडित अष्ट्रेलियनहरुको लागि पनि सहयोग संकलन गरी आपतकालीन सहायता कोषमा जम्मा गरेको थियो ।