काठमाडौंमा मनाईंयो टोपी दिवस (फोटो फिचर)

काठमाडौंमा मनाईंयो टोपी दिवस (फोटो फिचर)


काठमाडौँ ।

आज काठमाडौँमा बिभिन्न कार्यक्रम गरी नेपाली टोपी दिवस मनाइएको छ। ‘नेपाली टोपी नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको नेपाली टोपी दिवस मनाइएको हो।

जागरुक युवा अभियान नेपालको आयोजनामा सोमबार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी ११औँ टोपी दिवस मनाइएको छ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए। पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ।