१७ औं न्याभ कपको उपाधि ग्लोबल ईन्टरफेस क्रिकेट क्लबले जित्यो

१७ औं न्याभ कपको उपाधि ग्लोबल ईन्टरफेस क्रिकेट क्लबले जित्यो


मेलबर्न, अष्ट्रेलिया ।

विगत एक महिनाभन्दा बढी समयदेखि सञ्चालित १७ औं न्याभ कप क्रिकेटको उपाधि ग्लोबल ईन्टरफेस क्रिकेट क्लबले जितेको छ । प्रतिस्पर्धात्मक फाईनल खेलमा रोयल राईनोज क्रिकेट क्लबलाई ४३ रन अन्तरले पराजित गर्दै यस वर्षको उपाधि कब्जा गर्न सफल भएको छ ।

ग्रेस ईन्टरनेशनलको मुख्य प्रायोजनमा सम्पन्न भएको क्रिकेट प्रतियोगिताको उपाधि जीआईसीसीले पहिलो पटक जितेको हो ।

प्रतियोगितापछि आयोजित पुरस्कार वितरण समारोहमा क्रिकेट भिक्टोरियाका प्रतिनिधि, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यष राजेश आचार्य, ग्रेस ईन्टरनेशनल मेलबर्नका निर्देशक दिपक आचार्य, न्याभका पूर्वअध्यक्ष बम योन्जन, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्का लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन संयोजक एवं न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतिले गरेका थिए ।