कोरोना संक्रमण : विश्वका ४० देशमा फैलियो जेएन.१ भेरियन्ट

कोरोना संक्रमण : विश्वका ४० देशमा फैलियो जेएन.१ भेरियन्ट


काठमाडौं ।

कोरोना भाइरसको नयाँ संक्रमण जेएन.१ भेरियन्ट फेला परेसँगै चिन्ता बढ्न थालेको छ। कोरोनाको नयाँ सब–भ्यारियन्ट जेएन.१ भेरियन्ट विश्वका ४० देशमा फैलिएको छ। यो संक्रमणबाट भारतमा अहिलेसम्म २१ जना संक्रमित भएका छन्। जसमध्ये गोवामा १९ र केरला–महाराष्ट्रमा १–१ जनामा संक्रमण देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ। तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ। अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ।

डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ। जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ।