कांग्रेस र एमालेका प्रभावशाली नेताहरुबीचको वार्ता बिनानिष्कर्ष सकियो

कांग्रेस र एमालेका प्रभावशाली नेताहरुबीचको वार्ता बिनानिष्कर्ष सकियो


काठमाडौं, १४ फागुन । नेकपा (एमाले) र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता बिनानिष्कर्ष समाप्त भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सुचारु गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह गरिएको बताएका छन् ।
’हामीले प्रतिनिधिसभालाई सुचारु गरौं। एमसीसीलाई सहमतिका साथ अघि लगेर मुलुक महत्वपूर्ण विषयमा एकै स्थानमा उभिएर विश्वलाई सन्देश दिऔं भनेर भन्यौं,’ कार्कीले भने, ’उहाँहरु (एमाले)ले पुरानै कुरा दोहो¥याउनु भयो ।’
कार्कीकाअनुसार एमालेले बैठकमा प्रतिनिधिसभा आफ्नो पार्टीका लागि नखुलेको भन्दै त्यसलाई खुलाउन आग्रह गरेको बताए । ’हामीले संसद्लाई प्रभावकारी र जिवन्त बनाउने जिम्मेवारी तपाईंहरुको पनि जिम्मेवारी हो,’ कार्कीले भने ।
आफ्नो सिफारिसअनुसार १४ जना सांसदलाई कारबाही नगरी प्रतिनिधिसभा बैठकमा भाग लिन दिएको भन्दै एमालेले ६ महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।