’ए’ डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

’ए’ डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन


काठमाडौं, १४ फागुन । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको ’ए’ डिभिजन लिग आज सकिएको हो । लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो।
लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ खेलमा २३ अङ्क जोड्यो ।
आजको खेलमा मनाङका लागि कप्तान अञ्जन विष्टले गोल गरे भने मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । आजै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी तेस्रो स्थानमा रहन सफल भयो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको एनआरटीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो ।
एनआरटीको लागि मेसुके ओलेमाउले ह्याट्रिक गरे । एनआरटीका शिव गुरुङले आफ्नै पोस्टमा गोल गरेका थिए । एनआरटीको पनि २३ अङ्क नै रहेको छ । लिगमा सातदोबाटो युथ क्लब चौथो र मनाङ मर्स्याङ्दी क्लब पाँचौँ स्थानमा रह्यो । यो सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा पर्दै ’बी’ डिभिजनमा घटुवा भएका छन् ।
लिग विजेता मच्छिन्द्र क्बलले ७५ लाख रुपैयाँ पुरस्कार भयो भने दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ पाएको छ ।