एनआरएनको चुनावी माहोल, लेबी रोकेर मार्च तीन तारिख कुर्दै एनआरएन अष्ट्रेलिया

एनआरएनको चुनावी माहोल, लेबी रोकेर मार्च तीन तारिख कुर्दै एनआरएन अष्ट्रेलिया


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघको आईसीसी निर्वाचनका लागि आफ्ना प्रतिनिधि पठाउने तर त्यस वापतको शुल्क भने नतिर्ने सूचिमा एनआरएन अष्ट्रेलिया पनि देखिएको छ । विगत लामो समयदेखि यस विषयमा आईसीसीले ताकेता गर्दा पनि चुपचाप बसिरहेको अष्ट्रेलियाले आगामी तीन तारिखको अन्तिम म्यादसम्मै कुनै निर्णय नगर्ने छाँट देखाएको छ । हालसम्म प्रतिनिधिको सूचिमा नाम पठाइएका व्यक्तिमध्ये केहीलाई छोडेर सबैले आफ्नो कागजात मात्र होइन सेल्फी समेत खिचेर मतदानका लागि तयार रहेको जनाउ दिइसकेका छन् । तर, कार्यसमितिले भने यसलाई बेवास्ता गर्दै निर्वाचनमा सहभागी हुने प्रतिनिधि शुल्क बुझाएको छैन ।

केविसीखबरसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंगले आगामी तीन मार्चसम्मको समय रहेकोले त्यसअघि नै बोर्ड बैठक बसेर निर्णय गर्ने जानकारी दिए । उनले भने, उच्चस्तरीय समितिबाट केही आउला त्यसपछि हामी निर्णय गर्छौं ।

स्मरणीय छ, प्रमुख संरक्षक र संरक्षकहरु रहेको उच्चस्तरीय समितिलाई प्रतिनिधि विवाद समाधान गर्नका लागि दिइएको समयसीमाभित्र कुनै निर्णय नआएपछि वर्तमान अध्यक्ष कुमार पन्तले यसअघिकै मतदाता नामावली निर्वाचन आयोगलाई उपलब्ध गराएका छन् । उनी आफैं पनि उच्चस्तरीय समितिमा रहेको भएपनि कुनै निष्कर्श निस्किन सकेको छैन । तर, निर्वाचन रोक्न नसकिने भन्दै अध्यक्ष र कार्यसमितिको अधिकार प्रयोग गर्दै उनले निर्वाचन अघि बढाउने निर्णय गरेका हुन् ।

एनआरएन अष्ट्रेलियाको भनाई विरोधाभाषपूर्ण देखिन्छ । यसअघि संरक्षक परिषद्ले एनआरएन अष्ट्रेलियाको प्रतिनिधि चयनमा विवाद नरहेको बताएको भन्दै अर्को पक्ष विरोधमा उत्रिएको बेला अष्ट्रेलियाको कार्यसमितिले भने शुल्क बुझाउने छाँट देखाएको छैन ।
एनआरएन अष्ट्रेलिाका पूर्वमहासचिव डा. ज्ञानेन्द्र रेग्मीले वर्तमान कार्यसमितिको बेइमानीपूर्ण काम भएको बताए । उनले भने, आफ्ना मान्छे भरेर नाम पठाउने अनि शुल्क समेत नतिर्ने यो कस्तो पारा हो ? यस्तो गाईजात्राले एनआरएनको बदनाम भइसकेको छ ।
उता अध्यक्ष गुरुंगले भने हामीले पठाएको डेलिगेट पो एप्रुभ गर्नुपर्ने हो । प्रारम्भिक भनेर निकालेको छ एप्रुभ भनेको छैन । अझै हामीले पठाएको लिष्टमा केही चार पाँचजना थपेको रहेछ । त्यो किन थपेको हो त्यो बुझ्न आवश्यक छ ।

पूर्वमहासचिव रेग्मीले एनआरएन अष्ट्रेलियाले अहिलेसम्म आफ्ना १५ हजारभन्दा बढी सदस्यहरुबाट उठाइएको आईसीसी लेबी पनि नबुझाएको भन्दै यो प्रक्रिया कानूनी रुपमा अघि बढे त्यसले अझै एनआरएनलाई नै घाटा हुने प्रतिक्रिया दिए ।

बुझिएअनुसार एनआरएन अष्ट्रेलियाले आफ्नो खातामा जम्मा हुन आएको लेबी वापतको रकमलाई दायित्व शीर्षक अन्तर्गत राखेर छुट्याइसकेको छ । तर, अध्यक्षले पर्खौं अनि निर्णय गरौं भन्दै यसलाई झुलाएरै राखेका छन् । एनआरएनको वर्तमान कार्यसमितिका एक सदस्यले भने, प्रतिनिधि नामावलीमा भएका व्यक्तिहरुले आफ्नो विवरण दिइसके । सेल्फी खिचिसके । मतदान गर्न तयार रहेको भनिसके । अनि यस्तोमा पनि बार्गेनिंग गरेर कहाँको आदेश कुरेको हो यो भने बुझ्न सकिएन ।

हालसम्म एनआरएन अष्ट्रेलियाको प्रतिनिधिहरुको स्थिति यस्तो छ