पोखरामा परेको असिनाले सडक नै छोपियो, हटाउन डोजर प्रयोग !

पोखरामा परेको असिनाले सडक नै छोपियो, हटाउन डोजर प्रयोग !


काठमाडौं, ८ फागुन । पोखरामा आज बाक्लो असिनासहित पानी परेको छ । असिना पानीले पोखराको सडक केहीवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडकनै छोपीएको थियो । सडमा परेको असिना हटाउन डोजरको प्रयोग गरिएको थियो । “असिनाले गुडिरहेका सवारीसाधन रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए” स्थानीय थम्मन ठकुरीले बताउनुभयो । असिनाले यहाँको जनजीवन प्रभावित बनेको छ ।
बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको स्थानीयको भनाई छ । अचानक परेको असिना पानीका कारण थुप्रै सवारी बाटोमै रोकिएका थिए ्। पोखरामा चार इन्चदेखि एक फुटसम्म असिना जमेको स्थानीयको भनाई छ ।
असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतका अन्नबालीमा क्षति पुर्याएको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनुभयो ।
बेमौसमी तरकारीलाई यसले ठूलो क्षेती पु¥याएको जानकारी उहाँले दिनुभयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले क्षति पु¥याएको उहाँले बताउनुभयो । यसको यकिन क्षति फिल्डमा पुगेपछि मात्रै थाहा हुने उहाँको भनाई छ ।
आलु, रायो लगायतका तरकारी लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपाङ्ग्रे सवारीसाधन समेत चल्न नसक्ने अवस्था भएको स्थानीयको भनाई छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पानीसहित असिना परिरहेको मौसमविद्को भनाई छ । एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।