मेलबर्नमा छठको रौनक (फोटो फिचर)

मेलबर्नमा छठको रौनक (फोटो फिचर)


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइएको छ। भिक्टोरियामा रहेका नेपालीहरुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्वको सुरुवात गरेका हुन्। मधेसी कम्युनिटी इन अष्ट्रेलियाले आयोजना गरेको उक्त छठ पुजामा बर्तालुहरुको उल्लेख्य उपस्थिति रहेको थियो। छठका लागि मेलबर्नमा रहेको पोखरी सिँगारिएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।