घटस्थापनाको ‘साइत’मा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

घटस्थापनाको ‘साइत’मा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी


काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनका शीर्षनेताहरुको बैठकले असोज २१ गते घटस्थापनाका दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।

‘आज नै मन्त्रिपरिषद्लाई विस्तार गरौं भन्ने थियो, तर प्रधानमन्त्रीज्यूले असोज २१ गते घटनास्थापनाको दिन पनि भएकाले सोही दिन गरौं भन्नुभयो,’ गठबन्धन दलका एक नेताले भने,‘अब त्यसै दिन मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले पनि असोज २१ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताउनुभएको छ । उहाँले सोही दिन मन्त्रीहरुको सपथ हुनेसमेत जानकारी दिनुभएको छ ।