कुकुर तिहार विशेषः ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कला देखाउँदै डग (फोटो फिचर)

कुकुर तिहार विशेषः ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कला देखाउँदै डग (फोटो फिचर)


काठमाडौँ ।

यमपञ्चकअन्तर्गत तिहारको दोस्रो दिन आज कुकुर पूजा। इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा घरघरमा गरी कुकुर तिहार मनाइएको छ । घरमा पालिएका कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै फूलमाला र टीका लगाइदिएर पूजा गरिएको छ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ। आज सुरक्षा निकायले पनि कुकुरको विशेष पूजा गर्ने गर्दछन्। नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायमा कुकुरलाई सुरक्षामा खटाइएको हुन्छ।

कुकुरलाई आपराधिक घटनाको अनुुसन्धानमा पनि प्रयोग गरिन्छ । त्यसैले नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायले विशेष रुपमा कुकुरको पूजा गरी कुकुर तिहार मनाउने गरेका छन्। कुकुर तिहारको अपसरमा भैरव वाहन गुल्म सानोठिमी व्यारेकले ‘सैनिक डग प्रदर्शनी’ गरेका छ।