स्थानीय तह निर्वाचनविरुद्धको दरपिठ रिट दर्ता गर्न सर्वोच्चको आदेश

स्थानीय तह निर्वाचनविरुद्धको दरपिठ रिट दर्ता गर्न सर्वोच्चको आदेश


काठमाडौं, ४ फागुन । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दलपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो । महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँचवर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।