मेलबर्न-डेभनपोर्ट चलिरहेको स्प्रिट अफ तास्मानिया अब जिलोंङबाट छुट्ने

मेलबर्न-डेभनपोर्ट चलिरहेको स्प्रिट अफ तास्मानिया अब जिलोंङबाट छुट्ने



मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरियाको नजिकै रहेको टापु राज्य तास्मानियासम्म जोड्ने दुईवाटा मात्रै माध्यम छन् हवाई र समुद्री । समुद्री यात्रामापनि स्प्रिट अफ तास्मानियाले वर्षौंदेखि यी दुई राज्यलाई जोड्ने काम मात्र गरिरहेको छैन पर्यटनको अपार सम्भावनालाई पनि उजागर गरिरहेको छ । स्प्रिट अफ तास्मानियामा समय बिताउनकै लागि जानेहरुको संख्या पनि कम छैन ।

यस्तोमा हाल मेलबर्नको डकल्याण्डबाट छुटिरहेको स्प्रिट अफ तास्मानियाको पानी जहाज सन् २०२२ को अक्टोबरदेखि जिलोङबाट चल्ने भएको छ ।

हाल मानिसहरुले प्रयोग गर्दै आएको ठाउँबाट करिब ७० किलोमिटर टाढा जिलोङगमा १२ हेक्टर क्षेत्रमा फैलिएको यो डकबाट मानिसहरुले तास्मानियाको यात्रा सुरु गर्न सक्नेछन् । नयाँ ठाउँमा सारिएसँगै जिलोङ र यसको आसपासमा रहेको पर्यटकीय क्षेत्रमा जानका लागि पनि पानीजहाजको यो यात्राले सहयोग पुग्ने अपेक्षा व्यवस्थापनको छ ।

यहाँ ६ सय कार पार्क गर्न सकिने व्यवस्था हुनेछ भने १ सय ५० वटा ट्रेलर पार्क गर्न सकिनेछ । पानीजहाज चलाइरहेको टीटी लाईन कम्पनीले अघिल्लो वर्ष सन् २०२० मै यहाँबाट पानीजहाज चलाउने भनेपनि विविध कारणले यो सर्न पुगेको थियो ।

कम्पनीका अध्यक्ष माईक ग्रेन्जरले नयाँ परिवर्तनले पानीजहाजमा विताउने समय अवधिलाई बढाउने छैन । नयाँ पोर्टमा प्राप्त सुविधाका कारण अनावश्यक रुपमा खेर जाने समय भने जोगिने भएको छ ।