नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसनको अध्यक्षमा विष्णु सापकोटा चयन

नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसनको अध्यक्षमा विष्णु सापकोटा चयन


होबार्ट, तास्मानिया ।

नेप्लिज तास्मानिया स्पोर्ट एसोसिएसनले नयाँ कार्य समित पाएको छ । अनलाईनबाट गरिएको साधारण सभाले एक वर्षका लागि विष्णु सापकोटाको अध्यक्षयतामा नयाँ कार्यसमित चयन गरेको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा बिष्णु सापकोटा, उपाध्यक्षमा सन्जिव खड्का, सचिवमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा भोला श्रेष्ठ, प्रवक्तामा हरी घोताने, कार्यसमिति सदस्यमा पियूष जोशी, रोजिना ताम्राकार र रबिन भट्टराई छानिएको निर्वाचन नेपाली सोसाईटी अफ तास्मानियाका अध्यक्ष खगेन्द्र सत्यालले केविसीखबरलाई जानकारी दिए ।

यस्तै सल्लाहकारमा प्रकाश उप्रेति, प्रसेश पौड्याल र रेवन्त बस्नेत चयन भएका छन् । खेलकुदको माध्यामबाट समुदायलाई योगदान गर्ने आफ्नो मुख्य लक्ष्य रहने नवनिर्वाचित अध्यक्ष सोपकोटाले बताए । यो संस्थाले तास्मानियाको होबर्टमा रहेर विभिन्न खेलकुदका कार्यक्रमको आयोजना गर्दै आएको छ ।