अष्ट्रेलियामा नेपालीले यसरी मनाए दशैँ (फोटो फिचर)

अष्ट्रेलियामा नेपालीले यसरी मनाए दशैँ (फोटो फिचर)


मेलबर्न, अष्ट्रेलिया ।

नेपालीहरुको महान चाड दशैँ अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरुले उल्लासमय वातावरणमा मनाएका छन्। आज मंगलबार अष्ट्रेलियाका विभिन्न स्टेट उत्तम साइतमा आफन्त र साथीभाई भेला भएर उल्लासमय वातावरणमा टीका ग्रहण गरेका हुन्।

अष्ट्रेलियाको सिड्नीमा आज बिहान ११ः १५ बजे, मेलबर्नमा ११ः ३५ बजे, ब्रिसबेनमा १०ः२५ बजे, पर्थ १०ः४२ बजे, डार्बिनमा ११ः३४ बजे, तास्मानियामा ११ः२४ बजे र क्यानबेरा ११ः२१ बजे साइत रहेको थियो।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार अष्ट्रेलियाका लागि नेपाल राजदूत कैलाशराज पोखरेलले परिवारका सदस्यलाई टिका लगाई दिएका छन्।