मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

मगमग चाउचाउ उद्योगमा भीषण आगलागी


काठमाडौं, २९ माघ । झापा मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।
बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट के–कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ ।